Like us!
Follow us!
Connect us!
Watch us!

बेलायतमा एकैदिनमा करिब ६० हजार जना काेराेना संक्रमित, ४४८ जनामा ओमिक्रोन पुष्टि

अर्थ संसार

शनिबार, २५ मंसिर २०७८, ०७ : ५६ मा प्रकाशित

बेलायतमा एकैदिनमा करिब ६० हजार जना काेराेना संक्रमित, ४४८ जनामा ओमिक्रोन पुष्टि

बेलायतमा एकैदिनमा करिब ६० हजार जनामा कोरोनाभाइरस  संक्रमण देखिएको छ ।  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ५८ हजार १९४ संक्रमित फेला परेका छन् ।

बेलायतमा हालसम्म कोरोना संक्रमितको संख्या एक करोड ७ लाख १९ हजार १६५ पुगेको छ ।

पछिल्लो २४ घन्टामा मात्र थप ४४८ जनामा ओमिक्रोन पुष्टि भएको छ । योसँगै बेलायतमा ओमिक्रोन संक्रमितको संख्या एक हजार २६५ पुगेको छ ।

यसैगरी कोरोनाका कारण गत २४ घन्टामा १२० जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । हालसम्म बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ४६ हजार २५५ पुगेको छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको