Like us!
Follow us!
Connect us!
Watch us!

सिडिएस एण्ड क्लियरिङ्गले ४० प्रतिशत लाभांश दिने, डाक्याे साधारण सभा

अर्थ संसार

आइतबार, २६ मंसिर २०७८, ११ : २६ मा प्रकाशित

सिडिएस एण्ड क्लियरिङ्गले ४० प्रतिशत लाभांश दिने, डाक्याे साधारण सभा

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे मंसिर २२ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे एघाराैँ वार्षिक साधारण सभा पाैष १९ गते, साेमबार, सेयर मार्केट्स कमर्सियल कम्प्लेक्स, चाैथाे तला, पुलतीसडक , काठमाडाैँमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

सभामा आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लेखा परीक्षकको प्रतिवेदन सहित वासलात, नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूची माथि छलफल गरी पारित गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण गर्न महालेखापरीक्षकको कार्यालयको सिफारिश मुताबिक लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्तावहरू पनि पारित गरिनेछ। 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61b58d1618495.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको