Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकद्वारा टोखा नगरपालिकालाई पानी ट्यांकी प्रदान

अर्थ संसार

सोमबार, २७ मंसिर २०७८, ११ : २६ मा प्रकाशित

महालक्ष्मी विकास बैंकद्वारा टोखा नगरपालिकालाई पानी ट्यांकी प्रदान

महालक्ष्मी विकास बैंक लिमिटेडको गंगबु शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत टोखा नगरपालिकाको वडा नं ११ मा रहेको सार्वजनिक शौचालयलाई २ हजार लिटरको २ वटा पानी ट्यांकी प्रदान गरेको छ । वडा कार्यालयमा आयोजित एक भव्य कार्यक्रमबीच गंगबु शाखाका प्रबन्धक चेतराज पाण्डेले उक्त पानी ट्यांकीहरु टोखा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष उत्तम अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बाेल्दै टोखा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष उत्तम अधिकारीले सरकारले मात्रै विकास निर्माणका सबै काम गर्न नसक्ने भएकाले यस्ता विभिन्न संघसंस्थाले पनि सहयोग गरेमा समृद्ध वडा निर्माण गर्न सकिने बताए ।

उक्त कार्यक्रममा स्थानिय निकायका पदाधिकारीहरु, सामाजिक अभियान्ता, स्थानिय उद्योगी, व्यापारी तथा बैंकका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै वित्तिय सेवा प्रदान गरिरहेको यस बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको