Like us!
Follow us!
Connect us!
Watch us!

१ हजार ४०५ मत गणना: सभापतिमा देउवाकाे अग्रता, पछ्याउँदै काेइराला (मतसहित)

अर्थ संसार

मंगलबार, २८ मंसिर २०७८, ०७ : ०६ मा प्रकाशित

१ हजार ४०५ मत गणना: सभापतिमा देउवाकाे अग्रता, पछ्याउँदै काेइराला (मतसहित)

नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना जारी छ ।  हालसम्म १ हजार ४०५ मत गणना भएको छ । जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले ६७८ मत ल्याएका छन् । उनलाई निकटतम प्रतिस्पर्धी शेखर कोइराला पछ्याइरहेका छन् । कोइरालाले ५२० मत पाउँदा प्रकाशमान सिंहको १०७, विमलेन्द्र निधिको ७६ र कल्याण गुरुङले ५ मत छ ।

सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो ।

नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ । 

कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । खसेको मतको आधारमा पहिलो चरणमै सभापति चुनिन २३४१ मत प्राप्त गर्नुपर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको