Like us!
Follow us!
Connect us!
Watch us!

२ हजार ६ सय ७७ मत गणनाः देउवाले मतान्तर झन बढाए, कसको कति मत ?

अर्थ संसार

मंगलबार, २८ मंसिर २०७८, ०७ : ३५ मा प्रकाशित

२ हजार ६ सय ७७ मत गणनाः देउवाले मतान्तर झन बढाए, कसको कति मत ?

नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना जारी छ । 

हालसम्म २ हजार ६ सय ७७ मत गणना भएको छ । जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले १२६५ मत प्राप्त गरेका छन् । उनलाई निकटतम प्रतिस्पर्धी शेखर कोइराला पछ्याइरहेका छन् । कोइरालाले ९८० र प्रकाशमान सिंहले २०४ मत पाएका छन् । विमलेन्द्र निधिले १६५ मत पाउँदा कल्याण गुरुङले १२ मत मात्र प्राप्त गरेका छन् । 

सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो ।

नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको