Like us!
Follow us!
Connect us!
Watch us!

देउवाले पाए १५०६ मत, के पहिलो चरणमै निर्वाचित होलान् देउवा ?

अर्थ संसार

मंगलबार, २८ मंसिर २०७८, ०७ : ५७ मा प्रकाशित

देउवाले पाए १५०६ मत, के पहिलो चरणमै निर्वाचित होलान् देउवा ?

नेपाली कांग्रेस १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा देखिएको छ । सभापतिका लागि पाँच जनाको प्रतिस्पर्धामा रहे पनि प्रारम्भिक मतणनामा देउवालाई कोइराला पछ्छाइरहेका हुन् । 

 

निर्वाचन समितिका अनुसार हालसम्म ३ हजार १ सय ८१ मत गणना भएको छ । जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले १५०६ मत प्राप्त गरेका छन् । कोइरालाले ११७८  मत पाएका छन् । यसैगरी, प्रकाशमान सिंहले २५४, विमलेन्द्र निधिले १७३ र कल्याण गुरुङले १५ मत मात्र प्राप्त गरेका छन् । 

सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो । नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको