Like us!
Follow us!
Connect us!
Watch us!

बेलायतमा ओमिक्रोनबाट पहिलो पटक मृत्यु

अर्थ संसार

मंगलबार, २८ मंसिर २०७८, ०८ : २४ मा प्रकाशित

बेलायतमा ओमिक्रोनबाट पहिलो पटक मृत्यु

बेलायतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण एक जनाको मृत्यु भएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ओमिक्रोनबाट पहिलो पटक एक जनाको मृत्यु भएको पुष्टि गरेका छन् । आइतबार मात्र सरकारले ओमिक्रोन संक्रमित बिरामीहरुलाई अस्पताल भर्ना गरिएको जनाएको थियो । 

‘दुःखका साथ भन्नु परेको छ की ओमिक्रोन संक्रमितहरुलाई अस्पताल भर्ना गर्नु परेको छ र पहिलो पटक एक जनाको ओमिक्रनबाट मृत्यु भएको पुष्टि भएको छ,’ प्रधानमन्त्री जोनसनले भने । 

कोभिडबाट जोगिनका लागि दुई डोज खोप पर्याप्त नभएको भन्दै उनले बुस्टर डोज लगाउन आह्वान गर्दै आएका छन् । 

नयाँ भेरियन्ट तीव्र बढेपछि सरकारले अर्को सातादेखि १८ वर्ष माथिका सबैलाई बुस्टर डोज दिने भएको छ । पछिल्लो समयमा बेलायतमा दैनिक संक्रमितको संख्या ५० हजार नाघेको छ । विज्ञहरुले आगामी पाँच महिनाभित्र बेलायतमा ७५ हजारको मृत्यु हुने चेतावनी दिँदै आएका छन् ।एजेन्सी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको