Like us!
Follow us!
Connect us!
Watch us!

पहिलो चरणमा देउवाले नजित्ने पक्का,देउवा र कोइराला बिच दोस्रो चरणको चुनाव हुने

अर्थ संसार

मंगलबार, २८ मंसिर २०७८, ०९ : ०६ मा प्रकाशित

पहिलो चरणमा देउवाले नजित्ने पक्का,देउवा र कोइराला बिच दोस्रो चरणको चुनाव हुने

काँग्रेसको मत गणना अन्तिम चरणमा पुगेको छ । ४५ सय ६३ मत गणना हुँदा शेरबहादुर देउवाले २१४२ र डा शेखर कोइरालाले १७०८ मत ल्याएका छन् । त्यस्तै विमलेन्द्र निधिले २४५, प्रकाशमान सिंह ३५५ र कल्याण गुरुङले २० मत पाएका छन् । 

अव गन्न बाँकी १११ मत मात्रै छन् । देउवालाई विजयीका लागि १९८ मत चाहिन्छ । यो हिसावले पहिलो चरणको चुनावमा कुनैपनि उम्मेदवारले नजित्ने निश्चित भएको छ ।

सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो ।  २३ सय ४० मत पाउने उम्मेदवार सभापतिमा निर्वाचित हुनेछन् । तर ५० प्रतिशत मत कटाउन नसकेपछि पहिलो र दोस्रोबीच दोस्रो चरणमा चुनाव हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको