Like us!
Follow us!
Connect us!
Watch us!

कोइरालाको पक्षमा नबोलेको भन्दै पौडेलविरुद्ध चियापानमै नाराबाजी, देउवा पनि पुगे

अर्थ संसार

मंगलबार, २८ मंसिर २०७८, १० : ५५ मा प्रकाशित

कोइरालाको पक्षमा नबोलेको भन्दै पौडेलविरुद्ध चियापानमै नाराबाजी, देउवा पनि पुगे

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध पार्टी नेता कार्यकर्ताले नाराबाजी गरेका छन् । पौडेलले महाधिवेशन प्रतिनिधिको सम्मानमा मंगलबार लैनचौरस्थित ब्यांक्वेटमा गरेको चियापानमा उनीविरुद्ध नाराबाजी लागेको हो ।

पौडेलले सभापतिका प्रत्यासी डा.शेखर कोइरालाको पक्षमा नबोलेको भन्दै महाधिवेशन प्रतिनिधिहरूले नाराबाजी गरेका थिए । मनोनयन दर्ताकै राति प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई भेटेर तठस्थ बस्न आग्रह गरेपछि उनी समर्थित नेता कार्यकर्ताले नाराबाजी गरेका थिए । कार्यकर्ता आक्रोशित भएपछि सुरक्षाकर्मीले पौडेललाई जोगाएर सुरक्षित ठाउँमा लगेका छन् ।

यदि पौडेलले कोइरालाको पक्षमा मत हाल्न अपिल गरेको भए उनको मत बढी आउने र दोस्रो चरणमा देउवालाई सहजै पराजित गर्ने शेखर पक्षका महाधिवेशन प्रतिनिधिको दाबी छ ।

नेपाली कांग्रेसको नेतृत्वका लागि भएको निर्वाचनअन्तर्गत सभापतिको मतगणनाको अन्तिम परिणाममा कसैले बहुमत प्राप्त गर्न नसकेपछि अब दोस्रो चरणको मतदान हुने भएको छ। दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने छ ।

पौडेलले आयोजना गरेको चियापानमा प्रधानमन्त्री देउवा पनि पुगेका छन् । ५१ प्रतिशत मत नआएपछि महाधिवेशन प्रतिनिधिलाई मनोवैज्ञानिक दबाब दिन पनि देउवा चियापानमा पुगेको कोइराला निकट नेताहरूको दाबी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको