विद्युतीय कार निर्माता कम्पनी टेस्ला इन्कमा कार्यरत ६ जना महिला कर्मचारीहरुले आफूहरुमाथि यौन दुर्व्यवहार भएको गुनासो गर्दै कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन् । आफूमाथि अस्भाविक स्पर्श गरेको, होहल्ला गरेको र गुनासो गर्नेलाई बदला लिएको महिला कर्मचारीले आरोप लगाएका छन् ।
‘सानफ्रान्सिस्कोको मुटुमा रहेको टेस्ला उद्योग अग्रणी कम्पनीभन्दा पनि एउटा कच्चा र पुरानो निर्माण क्षेत्रजस्तो देखिन्छ,’ ६ जनामध्ये एक जनाको उजुरीमा भनिएको छ ।
क्यालिफोर्नियाको एउटा अदालतमा दायर गरिएका ६ अलगअलग उजुरीमा सहकर्मी र सुपरिवेक्षकहरुले महिलासँग यौन प्रस्ताव गरेको, उनीहरुको शरीरबारे ग्राफिकल टिप्पणी गरेको र अनुचित ढंगले स्पर्श गरेको आरोप लगाइएको छ ।
उजुरी गर्ने पाँच जनामध्ये चार जना क्यालिफोर्नियाको फ्रिमोन्ट फ्यासिलिटी र एक जना सर्भिस सेन्टरमा कार्यरत रहेको जनाइएको छ ।
कम्पनीमा काम गरेको केही दिनपछि आफूविरुद्ध अश्लिल टिप्पणी गरिएको उजुरी गर्नेमध्येकी एक १८ वर्षीया युवतीले गुनासो गरेकी छिन् ।
उजुरीबारे टेस्लाले कुनै टिप्पणी गरेको छैन् । टेस्लाका मालिक एलन मस्कको व्यक्तिगत ट्विटले अहिले उनीहरुको गुनासो अेझेलमा परेको बताइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस