Like us!
Follow us!
Connect us!
Watch us!

माइखोला हाइड्रोपावरको साधारण सभा २२ पुसमा, आईपीओ निष्कासन प्रमुख एजेण्डा

अर्थ संसार

बुधबार, २९ मंसिर २०७८, १५ : ३४ मा प्रकाशित

माइखोला हाइड्रोपावरको साधारण सभा २२ पुसमा, आईपीओ निष्कासन प्रमुख एजेण्डा

माइखोला हाइड्रोपावरले २२ पुसमा साधारण सभा डाकेको छ । आईपीओ निष्कासन गर्ने प्रमुख एजेण्डासहित कम्पनीले केन्द्रीय कार्यालय अनामनगर काठमाडौंमा बिहान ९ बजे सभा आह्वान गरेको हो । 

सभाले कम्पनीकाे आईपीओ निष्कासन बारे विशेष निर्णय गर्ने जनाएकाे छ ।

यस्तै, आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा–नोक्सानसम्बन्धी पनि सभामा छलफल हुनेछ । आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतको एजेण्डा प्रस्ताव गर्ने कम्पनीकाे याेजना छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको