Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकाले विकास गर्‍याे चीनको सम्भावित हमलाबारे थाहा पाउने नयाँ सफ्टवेयर !

अर्थ संसार

विहीबार, ०१ पुस २०७८, ०९ : ३५ मा प्रकाशित

अमेरिकाले विकास गर्‍याे चीनको सम्भावित हमलाबारे थाहा पाउने नयाँ सफ्टवेयर !

अमेरिकाले प्रशान्त महासागरमा चीनका गतिविधि निगरानी गर्ने एउटा सफ्टवेयर विकास गरेको दाबी गरेको छ । प्रशान्त क्षेत्रमा अमेरिकी कमान्डरहरुले विकसित गरेको सो सफ्टवेयरले सो क्षेत्रमा सैन्य डिल र अन्य अमेरिकी समर्थनका गतिविधिलाई चिनियाँ सरकारले कसरी प्रतिकृया जनाउँछ भनेर भविष्यवाणी गर्नेछ । त्यस्तै, प्रशान्त क्षेत्रमा चीनको सम्भावित हमलाबारे पनि सफ्टवेयरले पूर्व जानाकारी दिनेछन् । 

मंगलबार अमेरिकी सहायक रक्षामन्त्री क्याथलिन हिक्सले हवाईस्थित इन्डो प्यासिफिक कमान्डको भ्रमण गरेर सो सफ्टवेयरबारे जानाकारी लिएकी थिइन् ।

रक्षा मन्त्रालयलका एक अधिकारीहरुका अनुसार सो सफ्टवेयरले रणनीतिक टकरावलाइ पनि अनुमान गर्छ । त्यस्तै, सफ्टवेयरले सन् २००० को सुरुदेखिका तथ्यांक विश्लेषण गर्नुका साथै अमेरिका र चीनबीचकाे सम्बन्धलाई असर गर्ने महत्वपूर्ण गतिविधि निगरानी गर्छ । 

कम्प्युटरमा आधारित सो प्रणालीले प्रशान्त क्षेत्रमा चीनका उत्तेजक गतिविधिबारे अमेरिकी रक्षा मन्त्रालयले पेन्टागनलाई जानाकारी दिनेछ । केही दिनअघिमात्र अमेरिका र क्यानडाले प्रशान्त क्षेत्र र ताइवान टापुको शान्ति र स्थिरतामा अमेरिकाले धावा बोलेको चीनको सेनाले आरोप लगाएको थियो । 

प्रशान्त क्षेत्रमा चीनका अस्वभाविक गतिविधिका कारण नयाँ प्रविधिको विकास गर्न बाध्य भएको अमेरिकाले जनाएको छ । एजेन्सी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको