Like us!
Follow us!
Connect us!
Watch us!

सरकारी कर्मचारीलाई बिदैबिदा, वर्षमा १२१ दिन कार्यालय जानुपर्दैन

पत्रपत्रिका

आइतबार, ०४ पुस २०७८, ०८ : २४ मा प्रकाशित

सरकारी कर्मचारीलाई बिदैबिदा, वर्षमा १२१ दिन कार्यालय जानुपर्दैन

नेपालमा सरकारी कर्मचारीले वर्षमा १२१ दिन कार्यालय जानुपर्दैन। उनीहरूले १२ दिन बिरामी बिदा, ३० दिन घर बिदा, १२ दिन भैपरि तथा पर्व बिदाको सुविधा पाउँछन्। यसैगरी जागिर अवधिभर तीन वर्ष अध्ययन बिदा तथा थप तीन वर्ष असाधारण बिदाको सुविधासमेत उनीहरूले पाएका हुन्छन्। यसैगरी महिला कर्मचारीका हकमा ९८ दिन प्रसूति बिदा तथा उसका पतिलाई समेत १५ दिन सुत्केरी बिदाको सुविधा दिइएको हुन्छ। यसबाहेक एक वर्षमा ५२ दिन शनिबार र करिब १५ दिन सार्वजनिक बिदाको सुविधा उनीहरूले पाएका हुन्छन्।

आधाजसो निजामती कर्मचारीले आफूले पाएको बिदा सञ्चित गरी अवकाश पाउने बेला १८० दिन बराबरको सुविधा लिने गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उपसचिव बताउँछन्। सरकारले तोकेको सार्वजनिक बिदाबाहेक बेलाबेलामा मन्त्रिपरिषद्ले निर्णय गरेर थप बिदा घोषणा गर्ने गर्छ। यो सुविधा पनि कर्मचारीहरूले पाउने गर्छन्।

मन्त्रिपरिषद्को पुस १ गते बसेको बैठकले पुस ४ गते आइतबार उधौली पर्व धान्य पूर्णिमाको दिन पारेर काठमाडौं उपत्यका र सम्बन्धित समुदायका नागरिकलाई देशभर बिदा दिने निर्णय गरेको छ। यसैगरी प्रदेश २ सरकारले गत मंसिर २२ गते सीताराम विवाहको दिन पारेर प्रदेशभर बिदा दिने निर्णय गरेको थियो। 

नागरिक दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको