Like us!
Follow us!
Connect us!
Watch us!

द क्लिफमा अब घोडा पनि चड्न पाइने

अर्थ संसार

आइतबार, ०४ पुस २०७८, १० : ३१ मा प्रकाशित

द क्लिफमा अब घोडा पनि चड्न पाइने

विभिन्न एड्भेन्चर लगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा अब घोडा चड्न पाइने भएको छ । घोडा चड्न प्रतिव्यक्ति २ सय ५० रूपैयाँ तिर्नुपर्ने हुन्छ।

गुलेली पिङ, पारिवारिक पिङ, जर्ब बल, हाइ रोप स्टेसन, स्काइ चियर सञ्चालनमा ल्याएको द क्लिफले नयाँ प्रडक्टका रुपमा घोडचढी सुरु गरेको कम्पनीका अध्यक्ष राजु कार्कीले बताए ।

विश्वकै अग्लो स्विङ समेत सञ्चालन गर्दै आइरहेको द क्लिफको गुलेली पिङ र हाइ रोप स्टेसन पनि अहिले युवाहरू माझ निकै लोकप्रिय छन्। उक्त क्षेत्रलाई एड्भेन्चर हबका रूपमा विकास गर्ने योजना भएको र भविष्यमा अन्य गतिविधि समेत थपिने कार्कीले बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको