Like us!
Follow us!
Connect us!
Watch us!

द क्लिफमा ८४ वर्षीय क्यानडियन नागरिकले गरे बञ्जी

अर्थ संसार

मंगलबार, १४ कार्तिक २०८०, १३ : २८ मा प्रकाशित

द क्लिफमा ८४ वर्षीय क्यानडियन नागरिकले गरे बञ्जी

एड्भेन्चर हब 'द क्लिफ'मा ८४ वर्षीय क्यानडिएन नागरिक मिसेल जुत्रासले बञ्जी गरेका छन्। 

उनले पटक बञ्जी तथा स्विङका साथै स्काई साइक्लिङ, स्काई ग्लाइडिङ लगायत अन्य साहसिक खेलहरूको मज्जा लिएको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।

८४ वर्षीय मिसेलले बञ्जी गरि क्लिफमा सबैभन्दा बढी उमेर समूह अन्तरगर्तका  रेकर्ड कायम गरेका छन् ।  यस अघि ६६ वर्षीय विदेशी महिलाले क्लिफमा बञ्जी गरेकी थिइन् ।

बञ्जीपछि निकै उत्साहित रहेका क्यानडिएन नागरिक मिसेलले क्लिफमा आफूले निक्कै मज्जा लिएको बताए ।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथी पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ ।

बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो ब्यवसायिक स्काइ साइक्लिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सञ्चालनमा छन् ।

6540b0cb8c4aa.jpg 6540b0cc3fca6.jpg 6540b0cc7963f.jpg 6540b0ce4a0c3.jpg 6540b0ce4f67a.jpg 6540b0cf25874.jpg 6540b0cf2dac4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको