Like us!
Follow us!
Connect us!
Watch us!

द क्लिफ ३ दिन बन्द रहने

अर्थ संसार

सोमबार, २३ माघ २०७९, १६ : ५३ मा प्रकाशित

द क्लिफ ३ दिन बन्द रहने

साहसिक पर्यटनका लागि लोकप्रिय कम्पनी द क्लिफ नेपालले आफ्ना कर्मचारीहरूका लागि रिफ्रेसमेन्ट कार्यक्रम आयोजना गरेको छ । जसका लागि माघ २३ गतेदेखि २५ गते बुधबारसम्म कम्पनीले दिँदै आएको सेवा बन्द रहने भएको छ । 

आफ्ना कर्मचारीहरूका लागि रिफ्रेशमेन्ट कार्यक्रम आयोजना गरिएकाले तीन दिन एड्भेन्चर र रिसोर्टका सबै सेवाहरू बन्द गरिएको कम्पनीका अध्यक्ष राजु कार्कीले जानकारी दिए । उनका अनुसार, बिहीबारदेखि सेवा पुनः सञ्चालनमा आउनेछ । 

‘हामीले हाम्रा कर्मचारीहरूका लागि रिफ्रेसमेन्ट कार्यक्रम आयोजना गरेका छौँ । जसकारण कम्पनीले दिने सेवा तीन दिनका लागि बन्द गरेका हौँ,’ कार्कीले भने । 

द क्लिफ राजु कार्की नेतृत्वको टिमले पर्वतको कुष्मामा जीपलाइन, बन्जी, स्काई साइक्लिङ, स्काई क्याफे लगायतका साहसिक गतिविधि सञ्चालन गरिरहेको छ । साहसिक पर्यटनका लागि निकै चर्चित यस कम्पनीमा ७० जनाभन्दा बढी  जनशक्ति आवद्ध छन् । 

कम्पनीले कर्मचारीहरूका लागि रिफ्रेसमेन्ट गराउने उद्देश्यले पहिलो पटक तीन दिन सेवा बन्द गरेको हो । ‘कर्मचारीहरूलाई रिफ्रेसमेन्ट तथा बाहिरका यस्तै गतिविधिबारे जानकारी लिने हिसाबले पनि तीन दिन घुम्न निस्कन लागेका हौँ,’ कार्कीले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको