Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरूले ब्याजदरमा पुनर्विचार गर्न उद्योगीको माग

अर्थ संसार

सोमबार, ०५ पुस २०७८, ११ : ११ मा प्रकाशित

बैंकहरूले ब्याजदरमा पुनर्विचार गर्न उद्योगीको माग

नेपाल उद्योग परिसंघ प्रदेश १ ले बैंकहरूले मनपरी ब्याज लिने गरेकाले उद्योगी मारमा परेका जनाएको छ । परिसंघले बैंकको ब्याजदरमा पुनर्विचार नगरे आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ । आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै अत्यधिक र असमान्य तरिकाबाट ब्याजदर वृद्धि गरेको आरोप लगाएको छ । अत्यन्तै गैर जिम्मेवारी तरिकाबाट बैंकहरूले निक्षेप ब्याजदर वृद्धि गरेको उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए । 

उनले बैंकको ज्यादतीको विषयमा आन्दोलन गर्नेसमेत चेतावनी दिएका छन् । उद्योगी व्यवसायीलाई कारबाही गर्ने सरकारले बैकहरूका विषयमा भने मौन देखिएको आरेपसमेत उनले लगाए । मुलकका बैंक राष्ट्रको अर्थतन्त्र उकास्ने माध्यम बन्नुपर्ने बताउँदै घिमिरेले व्यापारी जस्तो नाफा कमाउने उद्देश्यले बैंक प्रेरित भएको बताए । 

पत्रकार सम्मेलनमा उद्योगी पवन सारडाले बैंकहरूको कारण वस्तु आयातमा समस्या भइरहेको बताए । बैंकमा साहुमहाजन प्रथा मौलायो, २० करोडको एलसी खोल्न कागजात पेस गरेपछि ५ करोड रुपैयाँ पहिले नै जम्मा गर्नुपर्ने शर्तले ब्यापारमा असर परेको उनले बताए ।  

वैदेशिक व्यापार पैठारीको लागि लामो समयसम्म बैंकहरुले एसली खोल्न आनाकानी गरे कच्चा वस्तुको अभावमा उद्योगहरू स्वतः बन्द हुने चरणमा पुग्ने अर्का उद्योगी महेश जाजुको दाबी छ । 

उद्योगीले बैंकको लगानी कर्ता र उद्योगको लगानी कर्ता फरक-फरक हुनुपर्ने माग पनि गरेका छन् । परिसंघका अध्यक्ष घिमिरेले बैंक संचालकहरू र लगानीकर्ता एउटै हुनुले मुलुकको आर्थिक अवस्था लथालिङ्‍ग खालको हुने बताए ।

बैंकहरूले वैदेशिक व्यापार पैठारीको लागि खोलिने एलसी खोल्न बन्दनै गरेको अवस्था रहेको बताउँदै घिमिरेले यसबाट मुलुकको व्यापार ठप्प हुनुको साथै सामग्रीको आभाव आपूर्तिमा समस्या कच्चा पदार्थको आभावमा उद्योग कारखाना नै बन्द हुने दाबी गरेका छन् । यसबाट रोजगारी र सरकारको राजस्वमामा समेत ह्रास हुने निश्चित देखिएको परिसंघको ठहर छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको