Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकर नम्बर २८ ले १५८ प्रतिशत लाभांश वितरण गर्ने, डाक्याे साधारण सभा

अर्थ संसार

मंगलबार, ०६ पुस २०७८, १३ : २४ मा प्रकाशित

ब्रोकर नम्बर २८ ले १५८ प्रतिशत लाभांश वितरण गर्ने, डाक्याे साधारण सभा

ब्रोकर नम्बर २८ अर्थात् श्री कृष्ण सेक्युरिटिज लिमिटेडले १५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे पाैष ४ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे छब्बीसाैँ वार्षिक साधारण सभा पाैष २७ गते, मंगलबार, कम्पनीकाे केन्द्रिय कार्यालय, डिल्लीबजार, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे अनुरूप चुक्ता पुँजीकाे १५० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ८ प्रतिशत नगद गरी कूल १५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसका साथै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गर्ने, लेखा परीक्षणको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरुमाथी छलफल तथा स्वीकृत गर्ने, आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरिक्षकको नियूक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू पनि पारित गरिनेछ ।

त्यसैगरी, सभामा कम्पनीको प्रस्तावित बोनस सेयर जारी भए पश्चात पुँजी वृद्धि हुने भएकोले सोही बमोजिमको प्रबन्धपत्रको दफा ५ र नियमावलीको नियम ७ (ख) संशोधन गर्ने स्वीकृत प्रदान गर्ने, नियमन निकायहरुबाट कुनै थपघट वा संसोधन गर्न निर्देशन भएमा आवश्यक संसोधन तथा परिमार्जन गर्न सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने स्वीकृत प्रदान गर्ने विशेष प्रस्ताव पनि सभामा पारित हुनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

61c187cea5ffc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको