Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा खोटाङ्गको रावावेशीमा

अर्थ संसार

मंगलबार, ०६ पुस २०७८, १६ : २३ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा खोटाङ्गको रावावेशीमा

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले खोटाङ्ग जिल्लाको रावावेशी गाउँपालिका वडा न.१ हरमटार स्थित २५७औं शाखा कार्यालय रावावेशी विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले मंगलबार विधिवत रुपमा उक्त शाखाको उदघाट्न गरेका छन्। 

उक्त अवसरमा माननीय माधवप्रसाद रेग्मीले नेपाल सरकारको स्थानीय तहमा बैंकिङ्ग पहुँच पुर्याउने उद्धेश्य अनुरुप सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तार गरेकोमा खुशी लागेको बताउँदै पालिकाको समग्र विकासमा बैंकको महत्वपूर्ण भूमिका हुने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताएका छन् ।

बैंकको प्रदेश न. १ का प्रादेशिक प्रबन्धक दीपकराज न्यौपानेको सभापितत्वमा सम्पन्न भएको कार्यक्रममा खोटाङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहाल, रावावेशी गाँउपालिकाका अध्यक्ष लिलानाथ निरौला, दुधकोशी जलाशय युक्त जलविद्युतका प्रमुख बसन्त श्रेष्ठ, रावावेशी गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु, समाजसेवीहरु, उद्योगी व्यवसायीहरु, नेपाली सेना, नेपाल प्रहरी, अन्य स्थानीय संघसस्थाका प्रतिनिधिहरु, बैंकका विभागीय प्रमुख सरोज बस्नेत, शाखा प्रबन्धक राजकुमार घिमिरे, कर्मचारीहरु लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २५७ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको