Like us!
Follow us!
Connect us!
Watch us!

१३ प्रतिशत लाभांश पारित गर्न गुडविल फाइनान्सले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

अर्थ संसार

बुधबार, ०७ पुस २०७८, ०७ : ४१ मा प्रकाशित

१३ प्रतिशत लाभांश पारित गर्न गुडविल फाइनान्सले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

गुडविल फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।

फाइनान्सको पुस ६ गते, बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको चौधौँ वार्षिक साधारण सभा पुष २९ गते विहिबार, होटल क्राउन इम्पेरियल, रवि भवन काठमांडौमा बिहान ११ः३० बजेदेखि सुरू हुनेछ । 

सभामा फाइनान्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ९.१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ३.९ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

त्यसैगरी, फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पुस १६ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

कम्पनीले प्रकाशन गरेको सूचनाः

61c2864619a91.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको