Like us!
Follow us!
Connect us!
Watch us!

गुडविल फाइनान्सले पठायो लाभांश, खाता अद्यावधिक गराउन आग्रह

अर्थ संसार

विहीबार, १३ माघ २०७८, ०७ : २३ मा प्रकाशित

गुडविल फाइनान्सले पठायो लाभांश, खाता अद्यावधिक गराउन आग्रह

गुडविल फाइनान्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ ।

फाइनान्सको पौष २९ गते, सम्पन्न भएको २७ औँ वार्षिक साधारण सभाले पारित गरेको ३.९ प्रतिशत नगद लाभांश बुकक्लोज हुनुभन्दा अघिल्लो दिन अर्थात् पौष १४ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको सम्बन्धित बैंक खातामा जम्मा गरिएको फाइनान्सले जनाएको छ । 

त्यसैगरी, बैंकले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने शेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ । 

बैंकको सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छः

61f1f7bb92421.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको