Like us!
Follow us!
Connect us!
Watch us!

गुडविल फाइनान्सको लिलामी सेयर भर्ने आज अन्तिम माैका

अर्थ संसार

सोमबार, २८ चैत्र २०७८, १० : ५६ मा प्रकाशित

गुडविल फाइनान्सको लिलामी सेयर भर्ने आज अन्तिम माैका

गुडविल फाइनान्स कम्पनी लिमिटेडले  चैत्र १४ गते, सोमबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे संस्थापक समूहको सेयरमा आवेदन दिने आज (चैत्र २८ गते, साेमबार) अन्तिम दिन रहेकाे छ । कम्पनीले ९३ हजार ४ सय ८९ कित्ता संस्थापक सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेको थियाे ।

उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले आजसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

उक्त सेयरको न्यूनतम मूल्य एक सय ५० रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम २५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन्  । 

संस्थाको सेयर बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल लिमिटेड, हात्तिसार, काठमाडौँमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको