Like us!
Follow us!
Connect us!
Watch us!

गुडविल फाइनान्सको वित्तीय विवरण : नाफा ४६.०३ प्रतिशतले घट्दा १६ रुपैयाँमा झर्याे ईपीएस

अर्थ संसार

सोमबार, १४ कार्तिक २०७९, ११ : २७ मा प्रकाशित

गुडविल फाइनान्सको वित्तीय विवरण : नाफा ४६.०३ प्रतिशतले घट्दा १६ रुपैयाँमा झर्याे ईपीएस

गुडविल फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । फाइनान्सले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार फाइनान्सकाे नाफासँगै ईपीएस पनि घटेकाे छ । 

खुद नाफा 

चालु आर्थिक वर्षको पहिलाे त्रैमाससम्म फाइनान्सकाे खुद नाफा ३ करोड ८४ लाख २३ हजार रुपैयाँमा सिमित भएकाे छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ४६.०३ प्रतिशतले घटेकाे हाे । गत वर्षको यसै अवधिमा फाइनान्सले ७ करोड ११ लाख ८८ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

खुद व्याज आम्दानी

फाइनान्सकाे खुद व्याज आम्दानी भने ५.०२ प्रतिशतले बढेकाे छ । पहिलाे त्रैमाससम्म कम्पनीले १५ कराेड २ लाख ७२ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेकाे छ । गत वर्षकाे यसै अवधिमा फाइनान्सले १४ कराेड ३० लाख ९३ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेकाे थियाे । 

सञ्चालन मुनाफा

समिक्षा अवधिसम्म फाइनान्सकाे सञ्चालन मुनाफा ४४.३६ प्रतिशतले घटेर ५ कराेड ४६ लाख ६१ हजार रूपैयाँमा सिमित भएकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा फाइनान्सले ९ कराेड ८२ लाख ४७ हजार रूपैयाँ सञ्चालन मुनाफा कमाएकाे थियाे । 

वितरणयाेग्य मुनाफा

फाइनान्सले सार्वजनिक गरेकाे वित्तीय विवरण अनुसार फाइनान्सकाे वितरणयाेग्य मुनाफा ६ कराेड ४७ लाख ३ हजार रुपैयाँ ऋणात्मक रहेको छ । 

इम्पेरिमेन्ट चार्ज

पहिलाे त्रैमासमा फाइनान्सकाे इम्पेरिमेन्ट चार्ज बढेर ४ करोड ७० लाख ७० हजार रुपैयाँ पुगेको छ । गत वर्षकाे यसै अवधिमा फाइनान्सकाे इम्पेरिमेन्ट चार्ज १ करोड ७३ लाख ८४ हजार रुपैयाँ रहेको थियाे ।

खराब कर्जा (एनपीएल)

फाइनान्सकाे खराब कर्जा १.२५ प्रतिशतले घटेर २.१५ प्रतिशत कायम भएकाे छ । आर्थिक वर्षकाे यसै अवधिमा फाइनान्सकाे खराब कर्जा (एनपीएल) ३.४० प्रतिशत रहेकाे थियाे ।

 चुक्ता पूँजी

फाइनान्सकाे चुक्ता पूँजी ९.१० प्रतिशतले बढेकाे देखिन्छ । गत वर्ष ८६ कराेड ७२ लाख रूपैयाँ रहेकाे फाइनान्सकाे चुक्ता पूँजी अहिले बढेर ९४ करोड ६१ लाख १५ हजार रुपैयाँ पुगेकाे छ ।

जगेडा काेष

फाइनान्सकाे जगेडा काेषमा ५२ कराेड ३ लाख ३३ हजार रूपैयाँ सञ्चित रहेकाे छ । उक्त रकम अघिल्लाे वर्षकाे तुलनामा ५०.५२ प्रतिशतले घटेकाे हाे । गत वर्षकाे यसै अवधिमा फाइनान्सकाे जगेडा काेषमा १ अर्ब ५ कराेड १५ लाख ५३ हजार रूपैयाँ सञ्चित रहेकाे थियाे । 

प्रतिसेयर आम्दानी (ईपीएस)

समिक्षा अवधिसम्म फाइनान्सकाे प्रतिसेयर आम्दानी (ईपीएस) पनि ३२ रूपैयाँ ८४ पैसाबाट घटेर १६ रूपैयाँ २४ पैसामा झरेकाे छ । फाइनान्सकाे ईपीएस १६ रूपैयाँ ६० पैसाले घटेकाे हाे ।

प्रतिसेयर नेटवर्थ 

फाइनान्सकाे प्रतिसेयर नेटवर्थ १६७ रूपैयाँ ८३ पैसा रहेकाे छ ।  

मूल्य आम्दानी अनुपात (पीई रेसियाे)

त्यस्तै, पहिलाे त्रैमाससम्म फाइनान्सकाे मूल्य आम्दानी अनुपात (पीई रेसियाे) २७.४० गुणा रहेकाे छ । 

फाइनान्सले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

 

635f675a52bb0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको