Like us!
Follow us!
Connect us!
Watch us!

गुडविल फाइनान्सको व्याज आम्दानी १३८.३५ प्रतिशतले बढ्यो, ईपिएस कति ?

अर्थ संसार

आइतबार, ०९ माघ २०७८, १० : ४६ मा प्रकाशित

गुडविल फाइनान्सको व्याज आम्दानी १३८.३५ प्रतिशतले बढ्यो, ईपिएस कति ?

गुडविल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा फाइनान्सले  ७ करोड ९१ लाख रुपैयाँ ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ४२.७१ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा बैंकले ५ करोड ५४ लाख ९१ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म फाइनान्सको खुद व्याज आम्दानी पनि १३८.३५ प्रतिशतले बढेर १९ करोड ५५ लाख ४४ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा फाइनान्सको खुद व्याज आम्दानी ८ करोड २० लाख ४२ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा फाइनान्सको सञ्चालन मुनाफा पनि ४२.२२ प्रतिशतले बढेर ११ करोड १५ लाख ९६ हजार रूपैयाँ पुगेको छ । गत वर्ष फाइनान्सले ७ करोड ८४ लाख ६७ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म फाइनान्सको वितरणयोग्य मुनाफा ८५ लाख २३ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, फाइनान्सको चुक्ता पुँजी ९४ करोड ६१ लाख १५ हजार रुपैयाँ र जगेडा कोषमा ९६ करोड ८४ लाख ७ हजार रुपैयाँ सञ्चित रहेको छ । फाइनान्सको प्रतिसेयर आम्दानी (ईपीएस) १६ रुपैयाँ ७४ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको