Like us!
Follow us!
Connect us!
Watch us!

गुडविल फाइनान्सको ९३ हजार कित्ता संस्थापक सेयर लिलामीमा, मूल्य कति ?

अर्थ संसार

सोमबार, १४ चैत्र २०७८, ०८ : ०५ मा प्रकाशित

गुडविल फाइनान्सको ९३ हजार कित्ता संस्थापक सेयर लिलामीमा, मूल्य कति ?

गुडविल फाइनान्स कम्पनी लिमिटेडले आज (चैत्र १४ गते, सोमबार) बाट संस्थापक समूहको सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेको छ । कम्पनीले ९३ हजार ४ सय ८९ कित्ता संस्थापक सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।

उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले चैत्र २८ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

उक्त सेयरको न्यूनतम मूल्य एक सय ५० रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम २५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन्  । 

संस्थाको सेयर बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल लिमिटेड, हात्तिसार, काठमाडौँमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकारको छः

62411bc4e327d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको