Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम बैंकको साधारण सभा सम्पन्न, १६.६३ प्रतिशत लाभांश पारित

अर्थ संसार

बुधबार, ०७ पुस २०७८, ११ : १९ मा प्रकाशित

प्राइम बैंकको साधारण सभा सम्पन्न, १६.६३ प्रतिशत लाभांश पारित

प्राइम कमर्सियल बैंक लिमिटेडकाे चाैधाैँ वार्षिक साधारण सभा हिजाे (पाैष ६ गते, मंगलबार) सम्पन्न भएकाे छ ।

बैंककाे सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएकाे उक्त साधारण सभाले सञ्चालक समितिले सिफारिस गरेबमोजिम आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत बोनस सेयर तथा ०.६३१३ प्रतिशत नगद लाभांश (कर प्रयाेजन समेत) दिने प्रस्ताव पारित गरेकाे छ ।

साधारण सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण समूहमा सञ्चालक पद –१ मा गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ । विष्टज्यू यस अघि पनि बैंकको सञ्चालक थिए । 

साधारण सभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने शेयरधनीहरु लगायत सम्बन्धित सबैमा कृतज्ञता व्यक्त गर्दै साधारण सभामा अध्यक्ष श्रेष्ठले बैंकले विगतमा झैं आगामी दिनहरुमा पनि बैंकको सेवा र शाखाहरुको सञ्जाल विस्तार गर्दै लगी आफ्ना शेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफलको निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको