Like us!
Follow us!
Connect us!
Watch us!

दिल्लीमा ओमिक्रोनको डर, क्रिसमस र नयाँ वर्षमा पार्टी गर्न रोक

अर्थ संसार

विहीबार, ०८ पुस २०७८, ०६ : ३६ मा प्रकाशित

दिल्लीमा ओमिक्रोनको डर, क्रिसमस र नयाँ वर्षमा पार्टी गर्न रोक

भारतको दिल्लीमा क्रिसमस र नयाँ वर्षको अवसरमा कुनै पनि ठूला कार्यक्रम गर्न रोक लगाइएको छ। यस्तो रोकको निर्णय  दिल्ली डिजास्टर म्यानेजमेन्ट अथोरिटीले गरेको हो । कोरोना संक्रमणको बढ्दो दर र नयाँ भेरियन्ट ओमिक्रोनको बढ्दो अवस्थालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको अथोरिटीले जनाएको छ । 

भारतीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिलेसम्म ओमिक्रोन भेरियन्टका २१३ संक्रमित फेला परेको र त्यसमध्ये धेरै ५७ जना दिल्लीमा फेला परेको जनाएको थियो । 

दिल्ली सरकारको तर्फबाट बुधबार जारी तथ्यांक अनुसार दिल्लीमा कोरोना संक्रमणका १२५ नयाँ संक्रमित थपिएका छन् । अहिले ६२४ सक्रिय संक्रमित रहेका छन् । 

केही दिन पहिला मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्ली ओमिक्रोनसँग लड्न तयार रहेको बताएका थिए । 

अधिकारीहरुले दिल्लीमा क्रिसमस र नयाँ वर्षको अवसरमा उल्सासमय ठूला कार्यक्रमहरु गर्न रोक लगाएको जनाएका छन् । 

अथोरिटीले सबै जिल्लाका अधिकारीहरुलाई आफ्नो क्षेत्रमा संक्रमण रोक्नका लागि जरुरी कदम उठाउन आदेश ददिएको छ । कसैलाई पनि विना मास्क हिँड्न र कुनै पनि क्षेत्रमा जान नदिन निर्देशन जारी गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको