कोरियन डिजाइनमा इन्फ्रारेड प्रविधिको नेपाली ब्राण्ड 'ई-चुलो' नेपाली बजारमा उपलब्ध भएको दुई वर्ष पूरा भएको छ । ई-चुलोको प्रयोग गरी खाना पकाउँदा उपभोक्ताले ग्याँसको तुलनामा करिब ४० प्रतिशत इन्धनको खर्च घटाउने ई-चुलोको उत्पादक दिगो विकास प्रालिका संचालक धर्म केसी बताउँछन्।
'हामीले नेपालीको कुकिङ कल्चरलाई ध्यानमा राखेर इ चुलोको डिजाइन गरेका छौँ,' केसी थप्छन् 'इ चुलोमा खाना पकाउन, मकै भुट्न, दूध लगायतका तरल पदार्थ तताउन सकिन्छ । साथै हरियो मकै, गोलभेडा तथा मासु पोल्न समेत सहज छ ।'
टच सेन्सर कन्ट्रोल र डिजिटल डिस्प्ले रहेकोले चुलो चलाउन सहज र आकर्षक छ । बजारमा पाइने इन्डक्सन चुलो भन्दा कम वाट खपत गर्ने केसीले जानकारी दिए । पछिल्लो समय नेपालमा लोडसेडिङ हटे सँगै विद्युतिय चुलोको लोकप्रियता बढेको सन्दर्भमा छिटो पाक्ने र किफायती इ चुलो बजारमा ल्याएको केसीले बताए।
समतल पिँध भएको सबै भाँडा प्रयोग गर्न सकिने इ चुलोमा आफुलाई चाहिएको तापक्रम सेट गरेपछि खाना डढ्ने साथै उम्लिएर पोखिएर जाने समस्या नहुने केसी बताउँछन् । पावर कट गरेपछी केही समय चुलो तातै रहने भएकोले खाना भर्सिएर पाक्ने बताइएको छ ।
उपभोक्ताले इन्धनको खर्च घटाउन सक्ने, भान्सामा ग्याँसको कारणले हुने आगलागी लगायतका दुर्घटनाको डर नहुने भएकाले ई-चुलोको लोकप्रियता बढेको छ ।
नेपालमा निर्माण सम्पन्नको चरणमा रहेका जलविद्युत आयोजनाका हजार मेगावाट बिजुली केही महिनामै केन्द्रिय प्रशारण लाईनमा जोडिँदैछ। यो सन्दर्भमा नेपालको बिजुली नेपालमै सदुपयोग गर्न र कम मुल्यमा बिजुली विदेशमा बिक्री गर्न भन्दा नेपालमै बिक्री गर्नु नेपाल विद्युत प्राधिकरणलाई समेत फाइदा हुने भएकोले सरकारले विद्युतिय उर्जा मैत्री निति लिनुपर्ने केसीको तर्क छ।
'विदेशी ग्याँस छोडौं, नेपाली बिजुली जोडौं' भन्ने नेपाल सरकारको नारालाई पनि इ चुलोले सघाउने केसी बताउँछन् ।
साथै विद्युतिय चुलोको खपतले ग्यासको आयातलाई समेत प्रतिस्थापन गर्ने भएकोले यसखालका उत्पादनले वैदेशिक ब्यापार घाटा समेत कम गर्ने देखिन्छ।
स्टिल बडी भएको चुलोको एक वर्ष र ग्लास बडी भएको चुलोको २ वर्ष वारेन्टी रहेको ई-चुलोको नेपालभर बिक्री वितरणको जिम्मा लिबर्टी इन्जिनियरिङ सोलुसनले लिएको छ।
ई-चुलोको नेपालमा नविकरणीय उर्जा परिक्षण केन्द्र (आर,ई,टि,एस ) र त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गतको उर्जा अध्ययन केन्द्रमा परिक्षण गराइएको र यसको इनर्जी इफिसेंसी नेपालमा उपलब्ध अन्य इन्फ्रारेड विद्युतिय चुलोहरुको तुलनामा बढी भएको केसीले बताए। बरिष्ठ उर्जाविद एवं प्राध्यापक डा. जगतनाथ श्रेष्ठले ई-चुलोको बारेमा गरेको अनुसन्धानले पनि सो कुरा प्रस्ट्याउने केसिको भनाइ छ ।
हाल दुइमुखे चुलो बिक्री गरिसकिएको ई-चुलोका अन्य धेरै डिजाइनका चुलो छिट्टै नेपाली बजारमा उपलब्ध हुने बताइएको छ।
दुइ वर्षसम्मको व्यापारलाई सर्वेक्षण गर्दा चुलो प्रयोग गरि बिग्रीएर मर्मतमा आउनेको संख्या एक प्रतिशत भन्दा पनि कम रहेकोले अब देशै भरी स्थानिय गाउँ र सहरमा डिलरसिप दिएर बिक्री बिस्तार गर्ने बताइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस