छ्याङदी हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको हिजो (पौष ८ गते, बिहीबार) बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको आठौँ वार्षिक साधारण सभा पौष ३० गते, शुक्रबार कम्पनीको केन्द्रिय कार्यालय, गैह्रीधारा, काठमाडौँमा भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।
सभामा कम्पनीले ३० प्रतिशत हकप्रद सेयर बिक्री गरिसकेपछि कायम हुने चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
त्यसैगरी, कम्पनीले साधारण सभा प्रयोजनका लागि पौष २१ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस