“स्वस्थ्य शरीर स्वस्थ्य मस्तिष्क” भन्ने मर्मलाई आत्मसात् गरी कामना सेवा विकास बैंकले आज पौष ९ र भाेलि पाैष १० गते “कामना सेवा फुटसल कप“ प्रतियाेगिता आयोजना गरेको छ ।
उक्त फुट्सल प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु समेत गरी २४ वटा टिम सहभागी हुने बैंकले जनाएको छ । उक्त खेलको लागि गोला प्रक्रियाद्वारा समूह विभाजन गरिएको छ । उक्त प्रतियोगितामा एन्फा फुटबल कमिटिले रेफ्रिहरु उपलब्ध गराउनुका साथै खेल सम्पन्न गर्नको लागि सहजीकरण समेत गर्नेछ ।
युवा तथा खेलकुद मन्त्री माननीय महेश्वर जंग गहतराजबाट खेलको समुद्घाटन हुनेछ भने भाेलि पौष १० गते अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाबाट खेलको समापन गरिनेछ । पौष १० गते हुने नकआउट चरणका खेलहरुको खेलपाटी डट कम सहित विभिन्न डिजिटल माध्यमबाट प्रत्यक्ष प्रशारण गरिनेछ ।
यस प्रतियोगिताले संस्थाको साख बढाउन दिनरात खटिने बैंक तथा बीमा क्षेत्रका कर्मचारीहरुको स्वास्थ्य तथा निरोगिता प्रबर्दन गर्ने तथा संस्थाहरुबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित र खेल मैत्री वातावरण निर्माण हुने कुरामा आफू पूर्ण विश्वस्त रहेको बैंकका अध्यक्ष्य सुदीप आचार्यले बताएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस