लुम्बिनी विकास बैंक लिमिटेडले आज पौष ९ गते, शुक्रबार आफ्नो १४औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गरी आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती लगायतका प्रस्तावहरुसँगै शेयरधनीहरुलाई ०.६८२४ प्रतिशत नगद लाभांश (कर प्रयोजन) र १३ प्रतिशत बोनस सेयरसहित कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न १४औँ वार्षिक साधारण सभामा बैंकले कोभिड – १९ को परिस्थितिलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट शेयरधनीहरुलाई सहभागिता गराएको थियो । सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी भएका शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेश सिहं बोहराले स्पष्ट पारेका थिए ।
लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ देशभरका ३१ वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस