Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा फुटसल कपको उद्घाटन सम्पन्न

अर्थ संसार

शुक्रबार, ०९ पुस २०७८, १६ : ३० मा प्रकाशित

कामना सेवा फुटसल कपको उद्घाटन सम्पन्न

“स्वस्थ शरीर स्वस्थ मस्तिष्क” भन्ने मर्मलाई आत्मसात् गरी कामना सेवा विकास बैंकले आयोजना गरेको पहिलो “कामना सेवा फुटसल कप २०२१“ प्रतियोगिताको आज भव्य समारोहकाबीच उद्घाटन सम्पन्न भई लिगचरणका खेलहरु शुरु भएका छन् ।

काठमाडौं महानगरपालिका वडा नं. ४, हाँडीगाउँस्थित धन्यन्तरी फुटसल खेल मैदानमा युवा तथा खेलकुद मन्त्री माननीय महेश्वर जंग गहतराजले उक्त खेलको उद्घाटन गरेका हुन् ।

उद्घाटन मन्तव्य दिँदै मन्त्री गहतराजले कोरोना भाईरस महामारीको कारण विगत २ वर्षदेखि खेलकुद लगायत सबै क्षेत्र प्रभावित भएको र हाल सङ्क्रमणको प्रभाव कम हुँदै गएकोले खेलकुदका गतिविधिहरु सञ्चानल हुन थालेको हुँदा खेलाडीहरुमा उत्साह जागेको बताए । खेलकुदले मानिसलाई अनुशासित गराउनुका साथै शारीरिक तथा मानसिक स्वास्थ्य कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा हरेक क्षेत्रमा यसको महत्व रहेको हुँदा बैंकले फुटसल प्रतियोगिता आयोजना गरेर निकै सराहनीय कार्य गरेकोमा बैंक परिवारलाई धन्यवाद दिएका थिए ।

कामना सेवा विकास बैंकका अध्यक्ष सुदिप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा KTM City का प्रमुख कार्यकारी अधिकृत निमा शेर्पा, बैंकका नि. प्रमुख कार्यकारी अधिकृत हरि प्रसाद लम्साल, एन्फाका प्रतिनिधि, खेलपाटी डट कमका प्रतिनिधिहरु, सहभागी टिमका खेलाडीहरु लगायत विभिन्न बैंक तथा वित्तीय संस्था एवं बीमा कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

उक्त फुट्सल प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु समेत गरी २४ वटा टिम सहभागी भएका छन् । २४ वटा टिमलाई ६ समूहमा विभाजन गरिएको छ । जसमा समूह ए मा कामना सेवा विकास बैंक (हरियो), राष्ट्रिय बीमा संस्थान, सांग्रिला डे.बैंक र कुमारी बैंक, समूह बि मा नेपाल राष्ट्र बैंक, प्रभु बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंक, समूह सि मा नेपाल इन्भेष्टमेण्ट बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक र सिटिजन्स बैंक, समूह डि बेष्ट फाइनान्स, रिलायन्स फाइनान्स, ज्योति विकास बैंक र शाइन रेसुङ्गा डे. बैंक, समूह इ मा मेगा बैंक, बैंक अफ काठमाण्डू, लुम्बिनी विकास बैक र प्रिमियर इन्स्योरेन्स कम्पनी रहेका छन भने समूह एफ मा कामना सेवा विकास बैंक (निलो), माछापुच्छ्र्रे बैंक, महालक्ष्मी विकास बैंक र सिद्धार्थ बैंक रहेका छन् ।

उक्त प्रतियोगितामा एन्फा फुटबल कमिटिले रेफ्रिहरु उपलब्ध गराउनुका साथै खेल सम्पन्न गर्नको लागि सहजीकरण समेत गरेको छ भने खेलको सम्पूर्ण व्यवस्थापन खेलपाटी डट कमले गरेको छ ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको