Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंकले डाक्याे साधारण सभा, लाभांश वितरण र मर्जर मुख्य एजेन्डा

अर्थ संसार

शनिबार, १० पुस २०७८, १० : १५ मा प्रकाशित

हिमालयन बैंकले डाक्याे साधारण सभा, लाभांश वितरण र मर्जर मुख्य एजेन्डा

हिमालयन बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । बैंककाे हिजाे (पाैष ९ गते, शुक्रबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे उनन्तीसाैँ वार्षिक साधारण सभा पाैष ३० गते, शुक्रबार बैंककाे केन्द्रिय कार्यालय, कमलादी, काठमाडाैँबाट भिडियाे कन्फ्रेन्सिङकाे माध्यमबाट बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा बैंकको सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २१.३६ प्रतिशत बोनस सेयर र ४.६४ प्रतिशत नगद कर प्रयाेजनका लागि समेत गरी कुल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लेखापरिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/०७९ को लेखापरिक्षण गर्नका लागि लेखापरिक्षकको नियुक्ती र पारिश्रमीक अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।

सभाले बैंकको अधिकृत पूँजी १५ अर्ब रूपैयाँबाट वृद्धि गरी १६ अर्ब रुपैयाँ पुर्याउने, बैंकले आर्थिक वर्ष २०७७/७८ मा संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐन २०६३ को दफा १०५ को उपदफा १ को खण्ड (ग) ले निर्धारण गरेको सीमाभन्दा माथि गरेका सहयोग अन्तर्गत कोरोना भाइरस संक्रमण नियन्त्रण तथा उपचारका लागि विभिन्न संघ-संस्था, अस्पतालहरू समेतलाई प्रदान गरेको कुल रकम १ करोड ७१ लाख ४ हजार एक सय १४ रूपैयाँ अनुमोदन गर्नेछ ।

हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक एक आपसमा मर्जर गर्ने प्रयोजनको लागि टि. आर. उपाध्याय एण्ड कम्पनी चार्टड एकान्टेण्ट्सबाट प्राप्त दुवै संस्थाको सम्पत्ती, दायित्व तथा कारोवारको मूल्याङ्कन प्रतिवेदन (Due Diligence Audit Report) बमोजिम सिफारिस गरिएको शेयर आदान प्रदान अनुपातमा व्यावसायिक अवसरहरू, व्यावसायिक प्रतिष्ठा, कर्मचारीहरुको योग्यता, क्षमता, दक्षता तथा कार्यकुशलता, बजार उपस्थिती, मुनाफा वितरणको इतिहास, पछिल्लो शेयरबजार मुल्य समेतका विषयहरूको आधारमा Swap Ratio १:१ शेयर अनुपात हुने गरी नेपाल इन्भेष्टमेण्ट बैंकसँग मर्ज गर्न स्वीकृती प्रदान गर्ने, बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकसँग मर्ज गर्ने सम्बन्धमा भएको सम्पत्ती, दायित्व तथा कारोबारको मूल्याङ्कनकर्ताको नियुक्ति, सम्पत्ती तथा दायित्व मूल्याङ्कन प्रतिवेदन (Due Diligence Audit Report), समझदारी पत्र (Memorandum of Understanding) तथा अन्तिम सम्झौतापत्र (Final Scheme of Arrangement) लगायतका सम्पूर्ण कामकारवाहीहरू सम्बन्धी स्वीकृती प्रदान गर्ने, दुवै बैंकको मर्जर पश्चात हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक नामाकरण गरी एकिकृत कारोबार गर्ने कार्यलाई स्वीकृती प्रदान गर्ने, दुवै बैंक मर्जर गर्ने प्रक्रियामा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायतका नियमनकारी निकायबाट स्वीकृती लिने, अभिलेख गर्ने क्रममा भए गरेका काम कारवाही वा पूँजी संरचना वा प्रबन्धपत्र र नियमावली संशोधनका सम्बन्धमा नियमनकारी निकायहरूबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम संशोधन परिमार्जन समेतका सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने, बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने तथा प्रस्तावित संशोधनमा नेपाल राष्ट्र बैंक वा अन्य निकायले फेरबदल गरेमा आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अधिकार दिने प्रस्तावहरू पनि सभामा पारित गरिनेछ । 

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष ११ गतेदेखि पाैष ३० गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । हाल नेप्सेमा बैंककाे सेयर काराेबार राेक्का छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

61c6a210d6da7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको