Like us!
Follow us!
Connect us!
Watch us!

अलफ्टको 'कस्टमर अप्रिसिएसन अवार्ड'

अर्थ संसार

शनिबार, १० पुस २०७८, १० : ४५ मा प्रकाशित

अलफ्टको 'कस्टमर अप्रिसिएसन अवार्ड'

अन्तर्राष्ट्रिय चेन होटल अलफ्ट काठमाडौंले क्रिसमसको अवसरमा वर्ष भरिमा सहयोग गर्ने पाहुनाहरुको सम्मानमा 'कस्टमर अप्रिसिएसन अवार्ड'  आयोजना गरेको छ ।

कार्यक्रममा ज्याज म्युजिक, अवार्ड र ककटेल डिनर रहेको थियो । कार्यक्रममा करिब तीन सय सँस्था तथा ब्यक्तीहरुलाई निम्तो गरिएको होटलका महाप्रबन्धक विक्रम सिंहले बताए ।    

अलफ्टको विश्वभर छब्बीस वटा देशमा एक सय चालिस भन्दा बढी होटलहरू सञ्चालनमा रहेको छ । नयाँ प्रविधि, संगित र नयाँ डिजाइन सहितको होटल अलफ्ट होटल क्षेत्रको एउटा नयाँ पुस्ता हो । जसले पाहुनाहरूको अनुभवलाई आनन्दित बनाउने काम गरिरहेको छ । 

अलफ्ट काठमाडौं, शान्ती हस्पिट्यालिटी म्यानेजमेन्ट सर्भिसेसद्धारा सञ्चालित छ । अलफ्ट होटलहरू मेरियट इन्टर्नेशनलकै एउटा छुट्टै ब्रान्ड हो । हस्पिट्यालिटिको क्षेत्रमा एउटा छुट्टै साम्राज्य खडा गरेको मेरियट इन्टरनेशनलको 

विश्वभर ३० भन्दा बढी ब्रान्डहरू र सात हजार भन्दा बढी होटलहरू रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको