Like us!
Follow us!
Connect us!
Watch us!

खल्ती र तिलाठी कोईलाडी गाउँपालिकाबीच आर्थिक अनुदानको सम्झाैता

अर्थ संसार

शनिबार, १० पुस २०७८, ११ : ३२ मा प्रकाशित

खल्ती र तिलाठी कोईलाडी गाउँपालिकाबीच आर्थिक अनुदानको सम्झाैता

नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ र तिलाठी कोईलाडी गाउँपालिकाको साझेदारी गरेको छ । जस अनुसार तिलाठी कोईलाडी गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका करिब साढे चार हजार किसान परिवारलाई आर्थिक अनुदान स्वरुप सिँचाइ र कृषि प्रयोजनमा विद्युतीय उपकरण प्रयोग गरेबापत किसानको कृषि मीटर महसुल तथा घरको बिजुलीको महसुल तिर्ने भएको छl

सप्तरी जिल्लाको दक्षिणपूर्वी पुर्वी भेगमा अवस्थित तिलाठी कोईलाडी गाउँपालिकामा यस अघि सिँचाइ र खेतीका लागि किसानले अधिकतम शुल्क पर्ने डिजल उपकरणबाट कृषिका काम गरिरहेका थिए भने यो आर्थिक अनुदान कार्यान्वयनमा आएसँगै अब न्युनतम शुल्कमा आधुनिक प्रविधि प्रयोग गरि विभिन्न कृषिजन्य कामका लागि विद्धुतिय उपकरणहरु प्रयोग गर्न सक्नेछन् ।

यस योजना अन्तर्गत तिलाठी कोईलाडी गाउँपालिकाले प्रति घर वार्षिक अनुदान एक हजार दुई सय रूपैयाँ कृषि मीटरको महसुल भुक्तानीका साथै प्रति घरको प्रति महिनाको बिजुलीको महसुल ५० रुपैयाँ अनुदान गर्ने भएको छ । उक्त योजनाको कार्यान्वयनमा 'खल्ती' ले डिजिटल प्रविधिबाट भुक्तानीमा सहयोग गर्नेछ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको