Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३ कम्पनीकाे सेयर सूचिकृत, कुनकाे कति ?

अर्थ संसार

शनिबार, १० पुस २०७८, १४ : ३४ मा प्रकाशित

नेप्सेमा ३ कम्पनीकाे सेयर सूचिकृत, कुनकाे कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता ३ वटा कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । याे साता नेप्सेमा २ कम्पनीकाे बाेनस सेयर र एक कम्पनीकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे हाे ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे २७ लाख ३६ हजार ९ सय ७२ दशमलव ४२ कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकाे असाेज १९ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । उक्त लाभांश  कार्तिक १६ गते मंगलबार, लैनचाैर ब्यांक्वेट, लैनचाैर, काठमाडाैँमा सम्पन्न भएकाे बैंककाे १७औँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले कार्तिक ५ गतेदेखि कार्तिक १६ गतेसम्म बुकक्लोज गरेको थियाे । त्यसैले, कार्तिक ४ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडकाे ६ कराेड कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे हाे । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि MBJC सिम्बाेल प्राप्त गरेकाे छ । अब आईतबारबाट दाेश्राे बजारमा कम्पनीकाे काराेबार सुरू हुनेछ । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९४ रूपैयाँ ३९ पैसादेखि अधिकतम २ सय ८३ रुपैयाँ १७ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे छ ।

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले असाेज २० गते, बुधबारबाट असाेज २५ गते, साेमबारसम्म प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये, ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामुहीक लगानी कोष र ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियाे । उक्त आईपीओ कार्तिक १२ गते, शुक्रबार गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । अन्तिम दिनसम्म २३ लाख ९० हजार २ सय १८ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये ९५ हजार ७ सय २२ जनाको आवेदन रद्द भएको छ । योग्य आवेदकको संख्या २२ लाख ९४ हजार ४ सय ९६  जना रहेको थियाे । जस अनुसार ८ लाख १९ हजार जनाले मात्र १० कित्ताको दरले सेयर प्राप्त गरेका छन् । बाँकी १५ लाख ७१ हजार २ सय १८ जना आवेदककाे हात खाली भएकाे थियाे । 

त्यसैगरी, साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडकाे २० प्रतिशत बाेनस बापतकाे ३ लाख ८४ हजार ५ सय ८३ कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे । 

कम्पनीकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई २० प्रतिशत बाेनस सेयर तथा कर प्रयाेजनका लागि ५ प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । उक्त प्रस्तावित लाभांश  कार्तिक १६ गते मंगलबार सम्पन्न भएकाे कम्पनीकाे ५४औँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कार्तिक २ गतेदेखि कार्तिक १६ गतेसम्म बुकक्लोज गरेको थियाे । त्यसैले, कार्तिक १ गते, साेमबारसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र याे लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको