Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंकसहित ३ कम्पनीको सेयरमूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

नेप्से

सोमबार, १२ पुस २०७८, ०६ : १६ मा प्रकाशित

एनसीसी बैंकसहित ३ कम्पनीको सेयरमूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ३ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड, महुली लघुवित्त वित्तीय संस्था लिमिटेड र विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायाेजन भएकाे हाे । 

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडकाे ८ प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता २ सय ६३ रूपैयाँ ४३ पैसा कायम हुनेगरी मूल्य समायाेजन गरेकाे छ । नेप्सेले आइतबारकाे अन्तिम काराेबार मूल्य २ सय ८४ रूपैयाँ ५० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंककाे चाैबीसाैँ वार्षिक साधारण सभा पाैष २९ गते, बिहीबार हाेटल हार्दिक, बागबजार, काठमाडाैँबाट भर्चुअल माध्यममार्फत् बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा बैंकको मंसिर १४ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ  ।

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २६ प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ५ सय २ रूपैयाँ ३८ पैसा कायम हुनेगरी मूल्य समायाेजन गरेकाे छ । नेप्सेले आइतबारकाे अन्तिम काराेबार मूल्य एक हजार ८ सय ९३ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

संस्थाकाे नवाैँ वार्षिक साधारण सभा पाैष २४ गते, शनिबार, संस्थाकाे केन्द्रिय कार्यालय, महुली, सप्तरीमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा संस्थाकाे कार्तिक १३ गते, शनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

त्यसैगरी, विजय लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २०.०३ प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार २ सय ७२ रूपैयाँ १८ पैसा कायम हुनेगरी मूल्य समायाेजन गरेकाे छ । नेप्सेले आइतबारकाे अन्तिम काराेबार मूल्य एक हजार ५ सय २७ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

संस्थाकाे नवाैँ वार्षिक साधारण सभा पाैष २४ गते, शनिबार, गैँडाकाेट रिसाेर्ट, नवलपरासीमा बिहान ११:३० बजेदेखि सुरू हुनेछ । सभामा संस्थाकाे कार्तिक २९ गते, साेमबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २०.०३१ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.०५४ प्रतिशत नगद गरी कुल २१.०८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको