Like us!
Follow us!
Connect us!
Watch us!

जाेशी हाइड्रोले एकैचोटी डाक्यो ३ वर्षको साधारण सभा, के-के छन् एजेन्डा ?

अर्थ संसार

सोमबार, १२ पुस २०७८, १० : ४४ मा प्रकाशित

जाेशी हाइड्रोले एकैचोटी डाक्यो ३ वर्षको साधारण सभा, के-के छन् एजेन्डा ?

जाेशी हाइड्रोपावर कम्पनी लिमिटेडले एकैचोटी ३ वटा आर्थिक वर्षको वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको हिजो पाैष ११ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको पाचाैँ, छैठाैँ र साताैँ वार्षिक साधारण सभा ल्याण्डमार्क हल, दरबारमार्ग, काठमाडाैँमा बिहान ११:३० बजेदेखि सुरू हुनेछ । 

सभामा आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ र आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ र आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदनसहितको वासलात तथा नाफा नोक्सान हिसाव पारित गर्ने, आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीकाे संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरूकाे मनाेनयन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61c9492f602b6.jpg 61c9493413a55.jpg 61c9493896d60.jpg 61c9493de556b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको