Like us!
Follow us!
Connect us!
Watch us!

यस अघि स्थगित जोशी हाइड्रोपावरको साधारणसभा आज, हकप्रद पारित हुने

अर्थ संसार

शुक्रबार, १९ असोज २०८०, ०६ : ५१ मा प्रकाशित

यस अघि स्थगित जोशी हाइड्रोपावरको साधारणसभा आज, हकप्रद पारित हुने

गणपूरक संख्या नपुगेपछि अघिल्लो मितिमा स्थगित जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारणसभा आज असोज १९ गते बस्ने भएको छ। 

असोज १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असोज १९ गते आठौं साधारणसभा डाकेको हो । काठमाडौंको सुकेधारास्थित सेलिब्रेसन हाइटमा आज बिहान १० बजे सभा हुने जनाइएको छ । यस अघि भदौ ३१ गतेका लागि साधारणसभा मिति तय भएको थियो ।

साधारणसभामा आर्थिक वर्ष २०७८-७९ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने, ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने लगायत प्रस्ताव पारित हुनेछ । सभाले हकप्रद जारीपछि हुने कम्पनीको पुँजी वृद्धि बमोजिम प्रबन्धपत्र र निमयावली संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

वार्षिक साधारणसभाका लागि कम्पनीले गत भदौ १८ गते एक दिन बुक क्लोज गरिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको