जाेशी हाइड्रोपावर कम्पनी लिमिटेडले यसअघि गणपूरक संख्या नपुगेर स्थगित भएकाे ३ वटा आर्थिक वर्षको वार्षिक साधारण सभा फेरि आह्वान गरेकाे छ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको पाचाैँ, छैठाैँ र साताैँ वार्षिक साधारण सभा फागुन ११ गते, लिसारा हल, नक्साल, काठमाडाैँमा बिहान ११:३० बजेदेखि सुरू हुनेछ ।
कम्पनीले लाभांश प्रस्ताव गरेकाे छैन । त्यसैले, कम्पनीकाे शेयरधनीकाे हात खाली हुनेछ ।
सभामा आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ र आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ र आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदनसहितको वासलात तथा नाफा नोक्सान हिसाव पारित गर्ने, आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीकाे संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरूकाे मनाेनयन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस