Like us!
Follow us!
Connect us!
Watch us!

जोशी हाइड्रोको हकप्रदमा आवेदन दिने अन्तिम दिन आज

अर्थ संसार

विहीबार, १९ भदौ २०८२, ०७ : ४१ मा प्रकाशित

जोशी हाइड्रोको हकप्रदमा आवेदन दिने अन्तिम दिन आज

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद सेयरमा आवेदन दिन आज (भदौ १९ गते) अन्तिम मौका रहेको छ। कम्पनीले साउन १५ गतेदेखि बिक्री खुला गरेको हकप्रद सेयरमा लगानीकर्ताले आज बैंकिङ समयभित्र आवेदन दिन सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ६५ प्रतिशत बराबरको हकप्रद सेयर निष्काशन गरेको हो। यसअनुसार १ कित्ता सेयर बराबर नयाँ ०.६५ कित्ता सेयर दिने गरी १०० रुपैयाँ अंकित मूल्यमा २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर बिक्रीमा ल्याइएको छ। कुल निष्काशन रकम २४ करोड १४ लाख १० हजार रुपैयाँ रहनेछ।

हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले असार ८ गते बुकक्लोज गरेको थियो। यसअनुसार असार ५ गतेसम्म नेप्सेमा सेयर खरिद गरी कायम भएका सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्।

यस हकप्रद निष्काशनको लागि गराइएको मूल्याङ्कनमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी सिंगल बी’ इश्युअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

यो हकप्रदको निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले क्यापिटलको कार्यालय, कम्पनीको कार्यालय तथा लक्ष्मी सनराइज बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डले अनुमति दिएका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ प्रणाली प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

हाल कम्पनीको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशनपछि पूँजी बढेर ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ। संकलित रकम विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएका ऋणको मूलधन र ब्याज भुक्तानी गर्नका साथै संस्थापक विरेन्द्र बहादुर न्यौपानेबाट लिएको सापटी फिर्ता गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको