Like us!
Follow us!
Connect us!
Watch us!

महुली लघुवित्तको लिलामी सेयर भर्ने म्याद थप, अब कहिलेसम्म ?

अर्थ संसार

सोमबार, १२ पुस २०७८, ११ : ३२ मा प्रकाशित

महुली लघुवित्तको लिलामी सेयर भर्ने म्याद थप, अब कहिलेसम्म ?

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले पाैष ४ गते, आइतबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे संस्थापक समूहकाे सेयर भर्ने म्याद थपिएकाे छ । यसअघि पाैष ११ गतेसम्म भर्न पाइने भनिएकाेमा फेरि ७ दिन म्याद थपिएकाे हाे । अब उक्त सेयर पाैष १८ गतेसम्म भर्न पाइनेछ । 

संस्थाले ३ हजार ५ सय कित्ता संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे । उक्त सेयरकाे न्युनतम मूल्य ७ सय ३५ रूपैयाँ ताेकिएकाे छ । 

लगानीकर्ताले न्युनतम ५ सय कित्ता र अधिकतममा सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले सनराइज क्यापिटल लिमिटेड, कमलपाेखरी, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61c9545c8ff3a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको