Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश घाेषणा लगत्तै नेप्सेले गर्याे महिला र महुली लघुवित्तकाे काराेबार राेक्का

अर्थ संसार

मंगलबार, २६ पुस २०७९, १४ : ०९ मा प्रकाशित

लाभांश घाेषणा लगत्तै नेप्सेले गर्याे महिला र महुली लघुवित्तकाे काराेबार राेक्का

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले महिला लघुवित्त वित्तीय संस्था लिमिटेड र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडकाे काराेबार राेक्का गरेकाे छ ।

दुवै संस्थाले लाभांश प्रस्ताव गरेकाे जानकारी नेप्सेमा काराेबार समयमा गराएकाे भन्दै नेप्सेले सेयर मूल्यमा प्रभाव पार्न खाेजेकाे आरोपमा दुवै कम्पनीको कारोबार रोक्का गरेको हो । 

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) बमोजिम जानकारी नगराएको र धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशिल सूचना तथा जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट सो कम्पनीका पदाधिकारीले वञ्चित गराई धितोपत्रको मूल्यमा प्रभाव पारेको नेप्सेले जनाएकाे छ ।

ऐ. विनियमावलीको विनियम १६( १ (ख) मा भएको व्यवस्था अनुरूप यी कम्पनीको धितोपत्रको कारोबार रोक्का गरिएको भन्दै कम्पनीले के कति कारणबाट समयमानै जानकारी नदिएको हो ? पत्र प्राप्त भएको मितिले ३ (तीन) कार्यदिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएकाे छ ।

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आज पौष २६ गते, मंगलबार बिहान बसेको सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि २.५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे । साे जानकारी संस्थाले काराेबार समयमा गराएकाे थियाे ।

त्यस्तै, महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको संचित मुनाफबाट २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत गरी) कुल २५ नगद लाभांस दिने प्रस्ताव गरेको छ ।

सूचना हेर्नुहाेस् :

63bd217d59923.JPG 63bd217d9766e.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको