Like us!
Follow us!
Connect us!
Watch us!

महुली लघुवित्तको संस्थापक सेयर लिलामीमा, मूल्य कति ?

अर्थ संसार

सोमबार, २३ फागुन २०७८, ११ : २२ मा प्रकाशित

महुली लघुवित्तको संस्थापक सेयर लिलामीमा, मूल्य कति ?

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (फागुन २३ गते, साेमबार) बाट संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ । संस्थाले ५ हजार कित्ता संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरी बिक्री गरेकाे हाे । उक्त सेयरकाे न्युनतम मूल्य ६ सय ५० रूपैयाँ ताेकिएकाे छ । 

लगानीकर्ताले चैत्र ७ गतेसम्म न्युनतम ५ सय कित्तादेखि र अधिकतममा सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले सनराइज क्यापिटल लिमिटेड, कमलपाेखरी, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

62259c623feaf.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको