Like us!
Follow us!
Connect us!
Watch us!

महुली लघुवित्तको नाफामा भारी गिरावट, २९ रुपैयाँले घट्यो ईपिएस

अर्थ संसार

आइतबार, ०६ कार्तिक २०७९, ०८ : ०२ मा प्रकाशित

महुली लघुवित्तको नाफामा भारी गिरावट, २९ रुपैयाँले घट्यो ईपिएस

महुली लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार गत आर्थिक बर्षको अन्तिमसम्ममा संस्थाको मुनाफामा गिरावट आएको देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले ५८ लाख २८ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ७८.२७ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले २ करोड ६८ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको खुद व्याज आम्दानी पनि ४.४७ प्रतिशतले घटेर ७ करोड ३३ लाख ५ हजार रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ७ करोड ६७ लाख ३२ हजार रूपैयाँ रहेको थियो । त्यसैगरी,  पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि ७८.६८ प्रतिशतले घटेर ८३ लाख २६ हजार रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी २८ करोड २१ लाख रुपैयाँ र जगेडा कोषमा ३२ करोड ६३ लाख रुपैयाँ रहेको छ । 

समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) २९.७७ रुपैयाँले घटेर ८ रुपैयाँ २६ पैसा पुगेको द्ध भने प्रतिसेयर नेटवर्थ २१५ रुपैयाँ ६६ पैसा रहेको छ भने समिक्षा अवधिमा संस्थाको मूल्य आम्दानी रेसिया (पिई रेसियो) १२८.४१ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको