यस साता वाणिज्य बैंकहरुको निक्षेप संकलन घटेकाे छ । बैंकहरूकाे कर्जा लगानी भने बढेको छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेकाे तथ्यांक अनुसार बैंकहरूकाे निक्षेप संकलन घट्दा कर्जा लगानी बढेको हाे ।
पाैष ९ गतेसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । याे अघिल्लाे साताकाे तुलनामा ४ अर्बले घटेकाे हाे । पाैष २ गतेसम्म वाणिज्य बैंकहरूले ४२ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।
त्यसैगरी, वाणिज्य बैंकहरुको कर्जा लगानी भने बढेको छ । बैंकहरुको कर्जा लगानी ३ अर्ब रुपैयाँले बढेर ४० खर्ब ८८ अर्ब रुपैयाँ पुगेकाे छ । पाैष २ गतेसम्म वाणिज्य बैंकहरूले ४० खर्ब ८५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
यस अवधिसम्म बैंकहरुको सिडी रेसियो (कर्जा निक्षेप अनुपात) ९१.४२ प्रतिशत रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस