Like us!
Follow us!
Connect us!
Watch us!

सरकार ! नेप्से र बोर्डमा पदपूर्ति गर्न सक्दैनौ भने हात झिक हामी तयार छौं

अर्थ संसार

मंगलबार, १३ पुस २०७८, १४ : २६ मा प्रकाशित

सरकार ! नेप्से र बोर्डमा पदपूर्ति गर्न सक्दैनौ भने हात झिक हामी तयार छौं

नेपालको पूँजी बजारलाई नियमन र सञ्चालन गर्ने दुई निकायहरु गत असोज १९ गते देखि नेतृत्वबिहिन अवस्थामा छन् । बोर्डमा नेतृत्वकर्ता नहुनाले अर्बौको आईपिओ निस्कासन प्रकृया समेत रोकियको छ भने दैनिक काम कार्बाहीमा पनि कठिनाइ हुँदै आयको पाइन्छ ।
 
यसको प्रत्यक्ष  असर लाखौ लगानिकर्ताले भोग्दै आयका छन, जसमा सरकार भने मुखदर्सक बनिरहेको छ उर्जामन्त्री बाट छुट्टै छाप बनायका जनार्दन शर्मा हाल अर्थमन्त्री छन, उनि आएपछी अथतन्त्रमा केही सुधार आउला र नेपाली पूँजी बजार विकासमा सहयोग पुग्ला भन्ने लाखौ लगानिकर्ताको आशा निराशामा परिणत भएको छ । 

अब अहिलेको अवस्थामा आम लगानीकर्ताहरुको आशा परिवर्तन भएको छ अर्थमन्त्रीबाट नेपालको पूँजी बजारको विकासको अपेक्षा करिब करिब छोडिसकेका छन् अहिले उनिहरुको अपेक्षा केबल बजारको माहोल नबिगारि दिए हुने भन्नेमा मात्र पुगेको छ । यी दुबै निकायहरु झण्दै ३ महिना देखि नेतृत्व बिहिन अवस्थामा छन् यत्तिका समयसम्म पनि यति संवेदनशिल निकायमा पनि पद पुर्ती हुन नसक्नुले कतै भित्र भित्र आर्थिक कारोबारको डिल नमिलेको पो होकि भन्ने जनमानसमा गुन्जिन थालिसकेको छ, । 

यतिमात्र होइन पछिल्ला समयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को भासण बाजिले झन पूँजी बजारलाइ दिनहु चोट पुर्याइरहेको छ । बल्ल तल्ल बिकास हुन लागेको नेपाली पुजि बजारलाइ मैले बोल्दा कस्तो असर पर्ला भनेर अड्कल काट्न नसक्दा प्रचण्डको लगानिकर्तामा नकारात्मक छाप बन्दै गयको छ ।

छिमेकी देश चिन तर्फ लाग्ने हो भने उनिहरु कम्युनिष्ट भयता पनि त्यहाको पुजि बजार विश्वमा उदाहरणिय भनेको छ अझै साङ्घाइ इन्डेक्स हेर्ने हो भने विश्वको तेस्रो ठूलो मानिन्छ । त्यसैले त उनिहरु आज विश्वमा हरेक कुरामा नम्बर १ मानिन्छन । तर तेहि नीति लियर अगाडि बढेका नेपाली कम्युनिष्टहरु भने पूँजी बजारलाइ अनेक अर्थ लगाइरहेका छन ।

विश्वभरी नै सेयर बजारलाई देशको अर्थतन्त्रको मेरुदण्ड नै मान्ने गरिन्छ तर हाम्रो देशमा त्यहि बजारलाई सञ्चालन र नियम गर्ने निकायहरु नै ३ महिना देखि खाली रहनुले नेपाली राजनितिज्ञमा पूँजी बजार प्रतिको बुझाइ कति छ भन्ने कुरा प्रस्ट भयको छ । त्यसैले रित्त पद छिटो भन्दा छिटो पद पुर्ती गर्न तर्फ ध्यान दिइयोस । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको