Like us!
Follow us!
Connect us!
Watch us!

पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी चितवनमा हुने

अर्थ संसार

बुधबार, १४ पुस २०७८, १५ : ३४ मा प्रकाशित

पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी चितवनमा हुने

नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजनामा पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी-२०७८ हुने भएको छ । माघ ५ गतेदेखि ८ गतेसम्म चितवनमा हुने प्रदर्शनीको मूलनारा ‘कृषियान्त्रीकरणमा वृद्धि, व्यावसायिक कृषिविकास र समृद्धि’ राखिएको छ । 

प्रदर्शनीमा १५० भन्दा बढी प्रदर्शनीकर्ताका दुई हजारभन्दा बढी कृषियन्त्र, औजार, उपकरण तथा प्रविधिहरू रहने बताइएको छ । यसैगरी २० भन्दा बढी मुलुकको प्रदर्शनीमा सहभागिता रहनेछ ।

प्रदर्शनीमा ‘मेड इन नेपाल’ प्याभिलियन पनि रहने, कृषि यान्त्रीकरण प्रवर्द्धनसम्बन्धी गोष्ठी तथा सेमिनार हुने, कृषि कर्जाको छुट्टै मेला हुने आयोजकले बताएको छ । करिब ७० जिल्लाका एक लाखभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको सो प्रदर्शनीमा २० करोडभन्दा बढीको कारोबार हुने अपेक्षा राखिएको संघका अध्यक्ष खोजराज कटुवालले जानकारी दिए । 

प्रदर्शनीको आयोजकमा संघसहित नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र र नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रहका छन् । 

प्रदर्शनीको मुख्य प्रयोजकमा शलोम एग्रिकल्चर प्रा.लि. रहेको छ । यस्तै प्रयोजकमा मुक्तिनाथ कृषि कम्पनी र मुक्तिनाथ विकास बैंक छन् । सहप्रयोजकमा एनटीएस इन्डष्ट्रिज, जीसेभेन एग्रिकल्चर, एसकेटी नेपाल, कुबेर एन्ड सन्स ट्रेड, नेपाल चाइना एग्रिकल्चर सेन्टर, बिटिएल ट्रेड, नयाँ तुल्सीग्रुप र द हाबी अटो ट्रेडिङ रहेका छन् । 

यसैगरी सहयोगी संस्थाहरुमा कृषि उद्यम केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद्, चितवन उद्योग संघ, कृषि सहकारी केन्द्रीय संघ र आर एन्ड डी इनोभेटिभ सोलुसन रहेका आयोजकले जानकारी दिएका छन् । 

संघले यसअघि २०७० मा चितवनमापहिलो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आयोजना गरेको थियो । यसैगरी २०७२ मा बाँकेको कोहलपुरमा दोस्रो प्रदर्शनी, २०७४ मा धरानमा तेस्रो प्रदर्शनी र २०७६ मा चितवनमा चौथो कृषियान्त्रीकरण प्रदर्शनी आयोजना गरिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको