अमेरिकामा कोभिडका नयाँ संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा कोभिड संक्रमण डरलाग्दो ढंगले फैलिएको छ ।
मंगलबारसम्म पछिल्लो एक सातामा औषतमा दुई लाख ६५ हजार ४२७ जनामा संक्रमण देखिएको छ । घरबाट गरिएका परीक्षण समावेश नगरिएकाले तथ्यांकमा उल्लेख गरिएको भन्दा बढी संक्रमित हुन सक्ने विज्ञहरुले बताएका छन् ।
अहिले पनि अमेरिकामा संक्रमणका कारण औषतमा दैनिक १२ सयको मृत्यु हुने गरेको छ । संक्रमण बढ्नुमा नयाँ भेरियन्ट ओमिक्रोन भाइरसलाई मुख्य जिम्मेवार मानिएको छ । ओमिक्रोनका कारण अमेरिकामा अस्पताल जाने विरामीको संख्या न्यून भए पनि यसको संक्रमण दर भने तीव्र छ ।एजेन्सी
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस