Like us!
Follow us!
Connect us!
Watch us!

घलेम्दी हाइड्रोकाे साधारणसभा सम्पन्न, दाेहाेरिए पुरानै सञ्चालक

अर्थ संसार

शुक्रबार, १६ पुस २०७८, १५ : ०१ मा प्रकाशित

घलेम्दी हाइड्रोकाे साधारणसभा सम्पन्न, दाेहाेरिए पुरानै सञ्चालक

घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडको आठौँ वार्षिक साधारणसभा शुक्रबार (पुस १६ गते) राजधानीमा सम्पन्न भएको छ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्य सम्बन्धी निर्देशन एवं मापदण्डहरूको परिपालना गर्दै वार्षिक साधारण सभामा सेयरधनीहरुलाई अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी गराइएको थियो ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष किशाेर सुवेदीद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएकाे छ । यसका साथै, सभाले लेखापरिक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७७/०७८ को वासलात,नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी स्वीकृत गर्ने, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण कार्यको लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू पारित गरिएकाे छ । 

सभाले कम्पनीको प्रवन्धपत्र तथा नियमावली बमोजिम संस्थापक तर्फको सञ्चालक समिति गठन गर्ने प्रस्ताव पनि पारित गर्याे । कम्पनीकाे सञ्चालक समितिमा पुरानै सञ्चालकहरू दाेहाेरिएका छन् । कम्पनीको सञ्चालकमा यसअघि सञ्चालक रहेका नारायणबाबु अधिकारी, उत्तमप्रसाद वैद्य, प्रमोद श्रेष्ठ र टंकप्रसाद बरूवाल पुनः छानिएका छन् ।

कम्पनी सचिव अनिल पौडेलले सञ्चालन गरेका उक्त सभामा शेयरधनीका तर्फबाट डमरुबल्लभ घिमिरे, शिवप्रसाद पौडेल लगायतले आफ्ना भनाई राखेका थिए ।

61cecf0d2b0f4.jpg 61cecf10bbab1.jpg 61cecf141cdae.jpg 61cecf1908410.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको